लयमा फर्कियो बजार, बीमातर्फ सूर्या लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

2021-07-11
लयमा फर्कियो बजार, बीमातर्फ सूर्या लाइफको सेयरमूल्यमा सर्वाधिक वृद्धि

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा वृद्धि भएका छन्। आज जीवन बीमा उपसूचक ४९८.२ अंकले बढ्दै १७४२५.११ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक पनि ३५५.२६ अंकले बढ्दै १४२५४.६३ बिन्दुमा पुग्यो। आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य ६.१५ प्रतिशतले बढ्दै प्रतिकित्ता ९५० रुपैयाँ कायम भयो। त्यस्तै नेको इन्स्योरेन्सको सेयरमूल्य ४.७८, प्रभु लाइफ इन्स्योरेन्स ४.७६ र एलआईसी नेपालको सेयरमूल्य ४.०९ प्रतिशतले बढ्यो। 

त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। 

बजारमा अरु के–के भयो ?

आज बजारमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ७३.३३ अंकले २८९८.४३ बिन्दुको उचाईमा पुग्यो। यो दिन बजारमा २२५ कम्पनीका ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता सेयर ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६ रुपैयाँमा किनबेभ भयो। 

आज बजारमा सबै १३ वटा समूहमा हरियाली छाये। बैंकिङ समूह ४४.७७ अंकले बढेको आज व्यापार ५७.४६, होटल एण्ड टुरिजम ७१.५५, विकास बैंक ३५५.२२, हाइड्रोपावर ७६.०३, वित्त १८१.६५, उत्पादन तथा प्रशोधन ९३.४, अन्य ९.६१, लघुवित्त १३२.०३ , म्युचुअल फन्ड ०.१३  र लगानी समूह २.५४ अंकले बढ्यो। 

आज गोर्खाज फाइनान्सको श्री इन्भेष्टमेन्ट र आईसीएफसी फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै साइन रेसङगा डेभलपमेन्ट बैंकको सेयरमूल्य ९.९८, मल्टीपर्पस फाइनान्स ९.९७, समृद्धि फाइनान्स ९.९५, महालक्ष्मी विकास बैंक ९.९३, सांग्रिला डेभलपमेन्ट बैंक ९.९२ र गुडविल फाइनान्सको सेयरमूल्य ९.९२ प्रतिशतले बढ्यो। 

आज कर्पोरेट डभेलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। बैंकको सेयरमूल्य ३.७५ प्रतिशतले ओरालो लाग्यो। 

यो दिन एनआईसी एशिया बैंकको सर्वाधिक सेयर कारोबार भयो। बैंकको आज ३९ करोड ९६लाख बढीको कारोबार भयो भने नविल बैंकको २५ करोड ८१ लाख, नेपाल बैंक २४ करोड ४३ लाख र निफ्राको १८ करोड ७८ लाख बढीको सेयर कारोबार भयो। 

 


Share this with your friends: