काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचक वृद्धि भएका छन्। आज निर्जीवन बीमा उपसूचक ४२४.७७ अंकले बढ्दै १३४२०.७६ बिन्दुको उचाईमा पुग्यो। यो दिन जीवन बीमा उपसूचक पनि २९७.७१ अंकले उकालो लाग्दै १६४८०.२१ बिन्दुमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सफल भयो। आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरमूल्य १० प्रतिशतले बढ्यो। त्यस्तै युनियन लाइफको सेयरमूल्य ५.१४, नेशनल लाइफ ४.७३ र आइएमई जनरलको सेयरमूल्य ४.५३ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो। परिसूचक ७१.४३ अंकले बढ्दै २९४७.४२ बिन्दुमा पुग्यो। यो दिन बजारमा २३१ कम्पनीका १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँमा किनबेच भयो।
१३ वटा उपसूचकमध्ये आज म्युचुुअल फन्डबाहेक अन्य सबै उपसूचकमा हरियाली छायो। बैंकिङ समूह २४.२ अंकले बढेको आज व्यापार ४२, होटल एण्ड टुरिजम ७७.४८, विकास बैंक २७३.५२, हाइड्रोपावर २१३.५४, वित्त ११४.९७, उत्पादन तथा प्रशोधन २९९.६९, अन्य १८.२२, लघुवित्त ११३.६५ र लगानी समूह २.३५ अंकले बढ्यो।
म्युचुअल फन्ड समूह ०.०५ अंकले घट्यो।
आज ९ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। नेशनल हाइड्रोपावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी, फर्स्ट माइक्रोफाइनान्स डेभपमेन्ट बैंक, अपि पावर कम्पनी, अरुण काबेली पावर, छ्याङदी हाइड्रोपावर, पाचथर पावर कम्पनी, लिबर्टी इनर्जी र सानिमा लाइफको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज रैराङ हाइड्रोपावको सेयरमूल्य सर्वाधिक घट्यो। कम्पनीको सेयरमूल्य २.२४ प्रतिशतले ओरालो लाग्यो।
यो दिन अरुण भ्यालि हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो। आज यो कम्पनीको ७३ करोड ७७ लाख बढीको सेयर कारोबार भयो भने युनाइटेड मोदि हाइड्रोपावरको ४५ करोड ११ लाख र अपि पावर कम्पनीको ३१ करोड ५१ लाख बढीको सेयर कारोबार भयो।