ललितपुर फाइनान्सलाई प्राप्ति गरेको नेपाल फाइनान्सको एकीकृत कारोबार असार २७ देखि

2021-07-05
ललितपुर फाइनान्सलाई प्राप्ति गरेको नेपाल फाइनान्सको एकीकृत कारोबार असार २७ देखि

काठमाण्डौ । ललितपुर फाइनान्स लिमिटेडलाई सफलतापूर्वक प्राप्ति गरेको नेपाल फाइनान्स लिमिटेडले आगामी असार २७ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । कम्पनीले प्रािप्तपश्चात कायम भएको ‘नेपाल फाइनान्स लिमिटेड’को नामबाट एकिकृत कारोबारको सुरुवात गर्न लागेको हो ।    

नेपाल फाइनान्स लिमिटेडले  ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव दुवै कम्पनीको गत जेठ २८ गते अलग अलग बसेको विशेष साधारण सभाले पारित गरेका थिए।  साधारण सभाबाट पारित भएको विशेष प्रस्तावलाई नेपाल राष्ट्र बैंकले गत असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो। यसपश्चात कम्पनीको रजिष्ट्रारको कार्यालयले गत असार १८ गते दुई कम्पनीबीच भएको प्राप्ति सम्झौतालाई अन्तिम स्वीकृती प्रदान गरेको थियो। 

आगामी असार  २७ गतेदेखि दुवै वित्तीय संस्थाको एकीकृत कोरोबार सुरु गरिने हुदाँ डेटा माइग्रेसन प्रयोजनका लागि असार २५ गते दिनको १२.३० बजेदेखि असार २६ गतेसम्म दुवै संस्थाले प्रदान गर्दै आएका सम्पूर्ण सेवाहरु बन्द राख्ने जनाएका छन्।    


Share this with your friends: