काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो।
शाखा कार्यालयको उद्घाटन बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भर्चुअल) माध्यमद्वारा गरेका छन्। उद्घाटन
उद्घाटनका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए। बैंकले व्यवसाय विस्तारका क्रममा समयसापेक्ष थप नवीनतम प्रोडक्टहरु तथा बृहत शाखा सञ्जालमार्फत आफ्ना ग्राहकलाई उच्चस्तरको बैंकिङ सेवा सुविधाहरु उपलब्ध गराउँदै जानेसमेत जानकारी दिएको छ।
यो नयाँ शाखासँगै अब बैंकले १२५ शाखा, १ विस्तारित काउन्टर तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई निरन्तर सेवा प्रदान गर्नेछ। बैंकले हालको विषम परिस्थितिमा समेत सोसल मिडिया बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एसएमएस बैंकिङजस्ता डिजिटल माध्यमबाट ग्राहकलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।