लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

2021-05-17
लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको जेठ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले १६ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी जेठ २८ गते शुक्रबारका दिन विद्युतिय माध्यम(जुम एप)मार्फत सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व २०६७÷७७ को मुनाफाबाट ५ प्रतिशतले हुन आउने ५ करोड ७० लाख ९० हजार बराबरको बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी कुल १० प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ। 

यस्तै कम्पनीको हालको जारी तथा चुक्तापूँजी १ अर्ब १४ करोड १८ लाख रुपैयाँबाट वृद्धि गरी १ अर्ब १९ करोड ८८ लाख ९० हजार रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरिनेछ। सभामा आर्थिक वर्ष २०७६र७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि कम्पनीले आगामी जेठ १४ गते एक दिनका लाुगि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ जेठ १३ गतेसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा सभामा सहभागी हुने योग्य हुनेछन्।

 

 


Share this with your friends: