लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2021-06-22
लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांस वितरण गरेको छ। कम्पनीले गत जेठ २८ गते सम्पन्न १६ औँ वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत नगद लाभांस(कर सहित) सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। 

कम्पनीले गत जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा उक्त नगद लाभांस जम्मा गरिएको जनाएको छ। उक्त मिति पश्चात बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको हकमा समेत नगद लाभांस बैंक खातामा नै जम्मा गरिने कम्पनीले जनाएको छ। यसका लागि आफ्नो सेयर प्रमाणपत्र अहिलेसम्म अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई अभौतिकिकरण गर्न कम्पनीले आह्वान गरेको छ। 

 


Share this with your friends: