काठमाण्डौ । लुम्बिनी विकास बैंकले लाभांस प्रस्ताव गरेको छ। बैंकको आज मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस प्रस्ताव गरेको हो।
बैठकले गत आ.व को मुनाफाबाट चुक्तापुँजी २ अर्ब ७१ करोड ६३ लाख ११ हजार ७२८.५५ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने २७ करोड १६ लाख ३१ हजार १७२.८६ रुपैयाँ हुन आउने लाभांश वितरणको प्रस्ताव गरेको हो।
कुल १० प्रतिशत लाभांसमध्ये ७ प्रतिशतले हुन आउने १९ करोड १ लाख ४१ हजार ८२१ रुपैयाँबराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने ८ करोड १४ लाख ८९ हजार ३५१।८६ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितराण्को प्रस्ताव गरिएको छ।
यो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।