विजय लघुवित्त वित्तीय संस्थाद्वारा लाभांस प्रस्ताव

2020-12-21
विजय लघुवित्त वित्तीय संस्थाद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट संस्थाका सेयरधनीलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी कुल २० प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। संस्थाद्वारा प्रस्तावित कुल २० प्रतिशत लाभांसमा हाल कायम चुक्तापूँजी २२ करोड ४० लाख ३१ हजार ५ सय रुपैयाँको १९ प्रतिशतले हुन आउने ४ करोड २५ लाख ६५ हजार ९८५ रुपैयाँ बराबरको बोनस सेयर र १ प्रतिशतले हुन आउने २२ लाख ४० हजार ३१५ रुपैयाँ बराबरको नगद लाभांस(कर प्रयोजनका लागि समेत) रहेका छन्। 

यसरी संस्थाले चुक्तापूँजीको २० प्रतिशतले हुन आउने कुल ४ करोड ४८ लाख ६ हजार ३ सय रुपैयाँ बराबरको लाभांस वितरणको प्रस्ताव गरेको छ। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।    

 


Share this with your friends: