काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ। संस्थाको माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १५ गते संस्थाको विशेष साधारण सभा गर्ने निर्णय गरेको हो। बैठकले नवलपरासी गैडाकोट ८ मा रहेको विजय विकास स्रोत केन्द्रमा विशेष साधारण सभा गर्ने निर्णय गरेको छ।
उक्त विशेष सभामा खप्तड लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने प्रतिवेदन पारित गरिनेछ। यस्तै प्राप्ति प्रयोजनका लागि मुल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात पारित गरिनेछ।
सभामा प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न समझदारीपत्र, सम्पत्ति, दायित्व र कारोबारको मुल्यांकन प्रतिवेदन, संयुक्त प्राप्ति समिति रसञ्चालक समितिले गरेका निर्णय तथा काम कारवाही र खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ। यसैगरी प्राप्ति प्रयोजनका लागि नियुक्त लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनुका साथै प्रबन्धपत्र तथा नियमावलीमा भएका संसोधनमा नियमाकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सो बमोजिम काम कारबाही गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
विशेष साधारण सभा प्रयोजनका लागि संस्थाले फागुन ०७ गतेदेखि १५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।