विजय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

2021-12-17
विजय लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २४ गते शनिबारका दिन नवलपरासी गैडाकोटमा रहेको गैडाकोट रिसोर्टमा बिहान ११ः३० बजे सभा सञ्चालन गर्ने निर्णय गरेको छ। 

उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको २०.०३ प्रतिशत बोनस सेयर र १.०६ प्रतिशत नगद लाभांस गरी कुल २१.०९ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै संस्थाको जारी तथा चुक्तापूँजी ३२ करोड पुर्याउने गरी वृद्धि गर्ने विेशष प्रस्ताव पारित गरिनेछ । अन्य कुनै वित्तीय संस्था प्राप्ति गर्ने वा एक आपसमा गाभिने प्रयोजनका लागि उपसमिति गठन गरी उपयुक्त वित्तीय संस्था छनोट गर्न र यससँग सम्बन्धित सबै कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असारमसान्तको वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । 
संस्थाले साधारण सभा र लाभांस वितरण प्रयोजनका लागि आउँदो पुस १२ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ११ गतेसम्म कायम सेयरधनीहरु मात्रै लाभांस प्राप्त गर्न र साधारण सभामा भाग लिनका लागि योग्य ठहरिनेछन्। 


Share this with your friends: