विन लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

2021-05-18
विन लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विन लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो वार्षिक साधारण सभा एकैपटक डाकेको हो। 

बैठकले आगामी जेठ २४ गते सोमबारका दिन कुपन्डोल ललिपुरमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा विन लघुवित्त र नेपाल सेवा लघुवित्त एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यस्तै मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो)लाई पारित गरी मर्जरलाई स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आ.व २०७४/७५, २०७५/७६ र २०७६/७७ को प्रथम, दोस्रो र तेस्रो वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसका साथै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४/७५, २०७५/७६ र २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ। 

 


Share this with your friends: