विशाल बजारको सेयर कारोबार फुकुवा

2021-04-21
विशाल बजारको सेयर कारोबार फुकुवा

काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा गरिएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज(वैशाख ८ गते) कम्पनीको दोस्रो बजार सेयर कारोबार फुकुवा गरेको हो। 

कम्पनीले वैशाख ३ गतेको पत्रमार्फत कम्पनीको आर्थिक वर्ष २०७३/७४, ०७४/७५, ०७५/७६ र ०७६/७७ को सम्मको लेखापरीक्षण हुन बाँकी र आ.व २०७७/७८ को पौष मसान्तसम्मको वित्तीय विवरणहरु नेप्सेमा वेभसाइटमा अपलोड गरेका कारण सेयर कारोबार फकुवा गरिएको नेप्सेले जनाएको छ। 

सूचिकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोमा विशाल बजार कम्पनीले वार्षिक प्रतिवेदन र वित्तीय विवरण पठाइ माग गर्दा समेत पेश नगरेको भन्दै नेप्सेले गत माघ १८ गतेदेखि सेयर कारोबार रोक्का गरेको थियो।    
सेयर कारोबार रोक्का हुदाँ कम्पनीको प्रति सेयरमूल्य २ हजार ९२१ रुपैयाँ कायम थियो।  

 


Share this with your friends: