काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज बीमा समूहहरुमा हरियाली छाएको छ। आज जीवन बीमा समूह २०६.२९ अंकले बढ्दै १२०७९.८६ को बिन्दुमा पुग्यो।
आज निर्जीवन बीमा समूह पनि ७४.२२ अंकले बढ्दै ९४६६.२३ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। आज यो कम्पनीको सेयरमूल्य ३.६० अंकले बढ्दै प्रतिकित्ता १९ सय रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
दुई दिनको निरन्तर गिरावट पश्चात आज बजारमा एकल अंकको वृद्धि भएको छ। आज नेप्से परिसूचक ८.२७ अंकले बढ्दै १९६४.०२ को बिन्दुमा पुग्यो। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम र संख्यामा भने गिरावट आएको छ। यो दिन बजारमा २०४ कम्पनीका ९८ लाख ८३ हजार १९७ कित्ता सेयर ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ०५४ रुपैयाँमा किनबेच भयो। अघिल्लो कारोबार दिन २०१ कम्पनीका १ करोड ८ लाख २१ हजार ९७२ कित्ता सेयर ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २९२ रुपैयाँमा किनबेच भएको थियो।
आज १२ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ८.४६ अंकले बढेको यो दिन व्यापार ३८.०२, होटल ३०.६१, वित्त १.८५, उत्पादन तथा प्रशोधन ११८.३२, अन्य १३.१८, लघुवित्त ०.७८ र म्युचुअल फन्ड ०.०१ अंकले बढे।
आज हाइड्रो समूहका लागनीकर्ताले सर्वाधिक गुमाए। आज यो समूह ७६.४५ अंकले ओरालो लाग्यो। त्यस्तै विकास बैंक समूह पनि ३.८८ अंकले ओरालो लाग्यो।
आज दुईवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन लिबर्टी इनर्जीको सेयरमूल्यमा १० प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। आज हिमालयन डिस्टिलरीको सेयरमूल्य पनि ९ प्रतिशत बढीले वृद्धि भयो।
आज माथिल्लो तामाकोशीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ। त्यस्तै रसुवागढी हाइड्रोपावरको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा घट्यो।
यो दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ३७ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल पुनर्बीमा कम्पनीको ३५ करोड ३० लाख रुपैयाँ बढीको कारोबार भएको आज ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको २२ करोड ६५ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १८ करोड रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ३० लाख रुपैयाँ, माथिल्लो तामाकोशीको १२ करोड २० लाख रुपैयाँ, आईएमई जनरल इन्स्योरेन्सको ११ करोड ८५ लाख रुपैयाँ, शिवम सिमेन्ट्सको १० करोड ९५ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १० करोड ५६ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १० करोड १० लाख रुपैयाँबराबरको कारोबार भयो।