वृद्धिका साथ साताको सुखद अन्त्य, प्रभु लाइफको सेयरमूल्यमा भने सर्वाधिक गिरावट

2021-02-04
वृद्धिका साथ साताको सुखद अन्त्य, प्रभु लाइफको सेयरमूल्यमा भने सर्वाधिक गिरावट

काठमाण्डौ । साताको अन्तिम सेयर कारोबार दिन आज निर्जीवन बीमा समूहको उपसूचकमा बढोत्तरी आएको छ। आज यो समूह ७८.७४ अंकले बढ्दै १३०२४.५६ को बिन्दुमा पुग्यो। आज जीवन बीमा समूहको परिसूचकमा भने गिरावट आयो। जीवन बीमा समूह ६९.२६ अंकले ओरालो लाग्दै १८०७७. ८८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्। त्यस्तै सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा एउटा मात्रै कम्पनीको रुपमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रह्यो। यो दिन कम्पनीको सेयरमूल्य ३.४६ प्रतिशतले घट्दै प्रतिकित्ता ८९३ रुपैयाँ कायम भयो। 

बजारमा अरु  के–के भयो ?

आज नेप्से परिसूचक ८.३४ अंकले बढ्दै २४७५.२६ को उचाईमा पुग्यो। यो दिन बजारमा २०१ कम्पनीका १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ रुपैयाँमा किनबेच भयो। 

१२ वटा समूहमध्ये आज ६ वटा समूहमा उकालो लागे भने बाँकी ओरालो लागे। व्यापार समूह १३१.६६ अंकले बढेको आज हाइड्रो ३६.८८, उत्पादन तथा प्रशोधन ८४.०७, अन्य १.५४ र लघुवित्त १४६.३१ अंकले बढ्यो। 

त्यस्तै आज बैंकिङ समूह ७.४३ अंकले घट्यो भने होटल २०.६५, विकास बैंक ६.३, वित्त १०.९७ र म्युचुअल फन्ड ०.०१ अंकले घट्यो। 

आज सूर्दोदय लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो। यसैगरी समिट लघुवित्त र जनउत्थान लघुवित्त समान ९.९९, माहुली सामुदायिक लघुवित्त ९.९८ र नेशनल माइक्रोफाइनान्सको सेयरमूल्य ९.९७ प्रतिशतले बढ्यो। 

आज प्रुभ लाइफको सेयरमूल्यमा सर्वाधिक ३.४६ प्रतिशतको गिरावट आयो। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि ३.०३ अंकले ओरालो लागेको आज नेपाल फाइनान्स २.७४ र मेगा बैंकको सेयरमूल्य २.४३ प्रतिशतले घट्यो। 

यो दिन नेपाल पुनर्बीमाको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको २७ करोड ५३ लाख बढीको सेयर कारोबार भयो। यस्तै डिप्रोक्स लघुवित्तको २४ करोड ६ लाख, ग्लोबल आइएमई बैंक २० करोड ५६ लाख, नेपाल लाइफ १९ करोड ५० लाख र जनउत्थान लघुवित्तको १८ करोड ९७ लाख बढीको सेयर कारोबार भयो।  

 


Share this with your friends: