काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज दुवै बीमा उपसूचकमा बढोत्तरी आएको छ। आज जीवन बीमा उपसूचक ४१५.४७ अंकले बढ्दै १६७४०.०२ बिन्दुको उचाईमा पुग्यो। यो दिन निर्जीवन बीमा उपसूचक १९१.०८ अंकले बढ्दै १२२२९.६६ को उचाईमा पुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमाले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमा कम्पनीतर्फ आज गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। आज कम्पनीको सेयरमूल्य ४.३२ प्रतिशतले बढ्यो। त्यस्तै प्रिमियर इन्स्योरेन्स ४.१४, आइएमई जनरल इन्स्योरेन्स ३.७६ र लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ३.६५ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी आयो। परिसूचक ४२.९५ अंकले बढ्दै २४७५.०९ को बिन्दुमा पुग्यो। यो दिन बजारमा २१३ कम्पनीका १ करोड १६ लाख ५७ हजार ९७५ कित्ता सेयर ४ अर्ब ६६ करोड १७ लाख ९२ हजार १८७ रुपैयाँमा किनबेच भयो।
१३ वटा समूहमध्ये आज व्यापार समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह २६.११, होटल एण्ड टुरिजम ११२.८८ विकास बैंक २४.३७, हाइड्रोपावर ३.१५, वित्त १४.१५, उत्पादन तथा प्रशोधन १६२.१३, अन्य ४१.१३, लघुवित्त १०२.१३, म्युचुअल फन्ड ०.०६ र लगानी समूह १.९५ अंकले बढे।
आज एउटा मात्रै समूह अर्थात व्यापार समूहमा ३९.६ अंकको गिरावट आयो।
आज युनाइटेड इदी मर्दी र ग्रिन लाइफको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढे। यस्तै आज चन्द्रागिरी हिल्सको सेयरमूल्य ९.९६, नेपाल बंगलादेश बैंक ९.७५ र शिवश्री हाइड्रोपावरको सेयरमूल्य ७.०३ प्रतिशतले बढ्यो।
आज जोशी हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य ६.८५ प्रतिशतले ओरालो लाग्यो भने आखुखोला जलविद्युत ६.३३, दिव्यश्वरी हाइड्रोपावर ५.३४, खानीखोला हाइड्रोपावर ५ र रैराङ हाइड्रोपावरको सेयरमूल्य ४.५५ प्रतिशतले घट्यो।
यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक सेयर कारोबार भयो। आज बैंकको ७७ करोड ३ लाख बढीको सेयर कारोबार भयो। यसैगरी निफ्राको २१ करोड ६६ लाख, नेपाल लाइफ इन्स्योरेन्स १३ करोड ४४ लाख, नेपाल पुनर्बीमा कम्पनी १२ करोड ३६ लाख र अपर तामाकोशीको १२ करोड १२ लाख बढीको सेयर कारोबार भयो।