काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज दुवै बीमा उपसूचकमा गिरावट आएको छ। आज निर्जीवन बीमा उपसूचक ४०.५१ अंकले घट्दै १४४१७.१७ बिन्दुमा सीमित भयो। यो दिन जीवन बीमा उपसूचक पनि १२.९६अंकले ओरालो लाग्दै १७३११ बिन्दुमा झर्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज नेको इन्स्योरेन्सको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। यो कम्पनीको सेयरमूल्य ३.४७ प्रतिशतले बढ्दै प्रतिकित्ता १६६८ रुपैयाँ कायम भयो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि आयो। परिसूचक २७.३८ अंकले बढ्दै २८७०.३८ बिन्दुको उचाईमा पुग्यो। यो दिन २२७ कम्पनीका २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२६ रुपैयाँमा किनबेच भयो।
आज ५ वटा समूहमा गिरावट आयो भने अन्य सबै समूहमा हरियाली छायो। आज सबैभन्दा धेरै वृद्धि हाइड्रोपावर समूहमा आयो। यो समूह ७६.८१ अंकले बढ्यो। त्यस्तै बैंकिङ समूह ३८.२६, व्यापार ४७.२८, उत्पादन तथा प्रशोधन २८.६५, अन्य ५.४, लघुवित्त ४.९, म्युचुअल फन्ड ०.०८ र लगानी समूह ०.५२ अंकले बढ्यो।
होटल एण्ड टुरिजम समूह ४२.८५ अंकले घटेको आज विकास बैंक ५९.४१ र वित्त समूह ३९.२७ अंकले घट्यो।
आज सेन्चुरी कमर्सियल बैंकको सेयरमूल्यमा सर्वाधिक उछाल आयो। बैंकको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो। अपर तामाकोशीको सेयरमूल्य ९.९३, युनाइटेड इदी मोर्दी ७.२५, रिडि हाइड्रोपावर ६.२६, सिभिल बैंक ६.०९ र नेशनल हाइड्रोपावरको सेयरमूल्य ५.२६ प्रतिशतले बढ्यो।
आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा सर्वाधिक अर्थात ४.३७ प्रतिशतको गिरावट आयो।
यो दिन नेशनल हाइड्रोपावरको सर्वाधिक सेयर करोबार भयो। कम्पनीको ४० करोड ७० लाख बढीको कारोबार भयो भने सेन्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख र नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख बढीको सेयर कारोबार भयो।