वेष्ट फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा स्थगन

2021-05-02
वेष्ट फाइनान्स कम्पनीद्वारा वार्षिक साधारण सभा स्थगन

काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा स्थगन गरेको छ। कम्पनीको वैशाख १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २४ औँ वार्षिक साधारण सभा स्थगन गरेको हो। 

कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गर्दै यहि वैशाख ३१ गते आयोजना हुन गईरहेको साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरिएको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: