काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडले स्थगित वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको स्थगित २४ औँ वार्षिक साधारण सभाको मिति तय गरेको हो ।
बैठकले आगामी भदौ ३० गते बुधबारका दिन कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।
यसअघि कम्पनीले कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गत वैशाख ३१ गते आयोजना हुने भनिएको साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरेको थियो ।
आगामी भदौ ३० गते आयोजना हुन गईरहेको सभामा सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धको आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै कम्पनीको आ.व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ.व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७६/७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड जस्ता वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
यसैगरी आ.व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तीको अनुमोदन गर्ने र नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी भदौ ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।