काठमाण्डौ । वेष्ट फाइनान्स कम्पनी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको आज आयोजना हुन गईरहेको छ । कम्पनीको २४ औँ वार्षिक साधारण सभा आज कमलादी काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा हुन लागेको हो ।
यसअघि कम्पनीले कोरोना भाइरसको नयाँ संक्रमणका कारण नेपाल सरकारबाट जारी निषेधाज्ञा र कोभिड–१९को विषम परिस्थितीलाई मध्यनजर गत वैशाख ३१ गते आयोजना हुने भनिएको साधारण सभा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगन गरेको थियो ।
आजको सभामा संस्थाले भविष्यमा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धको आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै कम्पनीको आ।व २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा आ।व २०७६/७७ को लेखापरीक्षणको प्रतिवेदन सहितको वार्षिक वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७६/७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड जस्ता वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ।
यसैगरी आ।व २०७७/७८ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट संस्थापक सेयरधनीको तर्फबाट मनोनित महिला सञ्चालक नियुक्तीको अनुमोदन गर्ने र नयाँ कार्यसमितिका लागि संस्थापक तथा सर्वसाधारण समूहको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गरिनेछ।