काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब बढी कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्ममा १९ वटा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। यसमा राष्ट्रिय बीमा कम्पनीको बीमाशुल्क भने समावेश गरिएको छैन।
चालु आर्थिक वर्षको १० महिनासम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। शिखर इन्स्योरेन्सले यो अवधिसम्ममा ३ अर्ब १९ करोड रुपैयाँबरारबको बीमाशुल्क आर्जन गरेको छ। बीमाशुल्क आर्जन गर्नेको दोस्रो स्थानमा नेको इन्स्योरेन्स रहेको छ। कम्पनीले २ अर्ब ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। २ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्दै सगरमाथा इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ।
यस्तै सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८८ करोड, एनएलजी इन्स्योरेन्स १ अर्ब ८१ करोड, प्रिमियर इन्स्योरेन्स १ अर्ब ५२ करोड, आइएमई जनरल १ अर्ब २२ करोड, प्रभु इन्स्योरेन्स १ अर्ब २० करोड, प्रुडेन्सियल १ अर्ब १३ करोड, लुम्बिनी जनरल १ अर्ब १० करोड, अजोड इन्स्योरेन्स १ अर्ब ६ करोड र नेपाल इन्स्योरेन्सले १ अर्ब ४ करोड रुपैयाँ बीमाुशुल्क आर्जन गरेको छ।
यसैगरी हिमालयन जनरल इन्स्योरेन्सले ९७ करोड, ओरियन्टल इन्स्योरेन्स ८७ करोड, एभरेष्ट इन्स्योरेन्स ८३ करोड, युनाइटेड इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स ७२ करोड, जनरल इन्स्योरेन्स ५६ करोड र सानिमा जनरलले ५२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।