वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुद्वारा ३४.०२ अर्ब प्रथम बीमाशुल्क आर्जन

2021-06-06
वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुद्वारा ३४.०२ अर्ब प्रथम बीमाशुल्क आर्जन

काठमाण्डौ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब बढी प्रथम बीमाशुल्क आर्जन गरेका छन्। यो अवधिसम्ममा १९ वटा जीवन बीमा कम्पनीहरुले ३४ अर्ब २ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्। 

समीक्षा अवधिसम्ममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गरेको छ। नेपाल लाइफले ७ अर्ब ३६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ। ३ अर्ब ८ करोड प्रथम बीमाशुल्क आर्जन गर्दै नेशनल लाइफ दोस्रो स्थानमा रहेको छ।  तेस्रो स्थानमा रहेको एलआईसी नेपालले ३ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको छ। 

यसैगरी युनियन लाइफले २ अर्ब ६ करोड, रिलायबल नेपाल लाइफ १ अर्ब ७८ करोड, एशियन लाइफ १ अर्ब ७४ करोड, सूुर्या लाइफ १ अर्ब ६३ करोड, सिटिजन लाइफ १ अर्ब ५२ करोड, ज्योति लाइफ १ अर्ब ५० करोड, गुराँस लाइफ १ अर्ब ४४ करोड, मेट लाइफ १ अर्ब २८ करोड, रिलायन्स लाइफ १ अर्ब १८ करोड, प्राइम लाइफ १ अर्ब १२ करोड, सानिमा लाइफ १ अर्ब ८ करोड, आइएमई लाइफ १ अर्ब ५ करोड र प्रभु लाइफले ७४ करोड रुपैयाँबराबरको प्रथम बीमाशुल्क आर्जन गरेका छन्। 

यस्तै सन नेपाल लाइफले ७२ करोड, राष्ट्रिय बीमा संस्थान ६८ करोड र महालक्ष्मी लाइफले ४९ करोड रुपैयाँ प्रथम बीमाशुल्म आर्जन गरेका छन्।     

 


Share this with your friends: