काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंमसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्बन्धी अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम मर्जरका लागि दुवै संस्थाबीच गत माघ ४ गते अन्तिम सम्झौतामा हस्ताक्षर भएको हो।
यसका साथै उक्त सम्झौतामा सेयर कारोबार फुकुवा गर्न नेपाल राष्ट्र बैंकबाट जारी भएको बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली, २०७३ को विनियम १२(६) बमोजिम सहमति भएको वोमी लघुवित्तले जनाएको छ।