काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांस प्रस्ताव गरेको छ। संस्थाको मंगलबार दिउँसो २ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि ३० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो।
बैठकले हाल कायम चुक्तापुँजि २७ करोड ७८ लाख ४८ हजार रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ३३ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो। वोमि लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्था मर्जरमा गएर २०७६/७७ मा एकिकृत कारोबार समेत सुरु भइसकेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधा समेत उपयोग गरिने संस्थाले जनाएको छ।
संस्थाद्वारा प्रस्तावित लाभांस राष्ट्र बैंक स्वीकृती पश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरिनेछ।