वोमी लघुवित्तद्वारा बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह

2021-02-26
वोमी लघुवित्तद्वारा बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर वितरणका लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। संस्थाले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। 

संस्थाले २०७६ मंसिर ३० गते देखि २०७७ पुस १४ गतेसम्म सेयर खरिद गरी कायम भएका सेयरधनीलाई संस्थाको गत पुस २८ गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाबाट पारित आ.व २०७६/७७ को ३० प्रतिशत बोनस सेयरका लागि लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो। 

संस्थाले सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड दुर्गा भवन नागपोखरी–१ नक्साल काठमाण्डौ वा कुमारी बैंक लिमिटेडको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी कर वापतको रकम यकिन गरी कुमारी बैंकमा रहेको केसिएल–वोमि ट्याक्स कलेक्सन २०७६/७७ खाता नम्बर ०१३००९८४०७२०००२९ मा जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न अनुरोध गरेको छ। 

यसका साथै बुक क्लोजका समयमा सेयर रोक्का रहेका सेयरधनीहरुको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात मात्रै खातामा पठाइने संस्थाले जनाएको छ। 

हालसम्म आफ्नो सेयर अभौतिकीकरण नगरेका सेयरधनीलाई आफ्नो सेयर अभौतिकीकरण गरी बोनस सेयर सुरक्षित गर्न समेत संस्थाले आग्रह गरेको छ।    

 


Share this with your friends: