वोमी लघुवित्तको सेयर कारोबार फुकुवा

2021-03-21
वोमी लघुवित्तको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार फुकुवा गरेको छ। मर्जर प्रयोजनका लागि दोस्रो बजार सेयर कारोबार रोक्का राखिएको संस्थाको कारोबार चैत ८ गतेको निर्णयअनुसार फुकुवा गरिएको हो। 
 
सेयर कारोबार फुकुवासँगै नेप्सेमा संस्थाको साधारण सेयर समेत सूचीकरण भएको छ। मर्जर गर्दा १ः१ को अनुपातमा कायम हुन आएको कुल ५ लाख ७ हजार ४२० कित्ता साधारण सेयर वोमी लघुवित्तको नाममा सूचीकृत भएको हो।  
 
वोमी लघुवित्त र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जरमा गएका थिए। गत ३ गतेदेखि यी दुवै संस्थाको वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुने भएको हो। 
 
गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। 

Share this with your friends: