वोमी लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

2022-03-18
वोमी लघुवित्तद्वारा बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह

काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने करबापतको  रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस १६ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि पारित २० प्रतिशत बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो । 

यसका लागि २०७७ चैत ३ गतेदेखि २०७८ मंसिर २९ गतेसम्म कायम सेयरधनीहरुले संस्थाको सेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल काठमाण्डौ वा कुमारी बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी करबापतको रकम जम्मा गर्नुपर्नेछ । 

यस्तै संस्थाले हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।    


Share this with your friends: