काठमाण्डौ । नेपाल राष्ट्र बैंकले काठमाण्डौ उपत्यकामा सञ्चालन हुने बैंक तथा वित्तीय संस्थाहरुको संख्या निर्धारण गरेको छ। बैंकले निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले सञ्चालन गर्ने संख्या निर्धारण गरेको हो।
बैंकले क वर्गका वाणिज्य बैंकहरुलाई काठमाण्डौ जिल्लामा ३, ललितपुर जिल्लामा २ र भक्तपुर जिल्लामा १ शाखा आलोपालो गरी सञ्चालन गर्न निर्देशन दिएको छ। उस्तै ख वर्गका विकास बैंकहरुले काठमाण्डौ जिल्लामा २ र भक्तपुर र ललितपुर जिल्लामा १–१ वटा शाखा आलोपालो गरी सञ्चालन गर्न निर्देशन दिएको छ।
निर्देशनबमोपनम ग वर्गका वित्त कम्पनीहरुले काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लामा एउटा–एउटा मात्रै शाखा आलोपालो गरी सञ्चालन गर्नुपर्नेछ।
राष्ट्र बैंकले गत वैशाख १९ गते जारी गरेको निर्देशनबमोजिम संस्थाका केन्द्रिय कार्यालयहरु सञ्चालन गर्ने र अत्यावश्यक बैंकिङ सेवाका लागि बन्द रहेका शाखा कार्यालयहरुको सम्पर्क व्यक्तिको सम्पर्क नम्बर, सेवा प्रदान गर्न सकिने वैकल्पीक शाखा र शाखा खुला रहने सम्बन्धि सूचना दैनिक रुपमा प्रकाशित गर्न निर्देशन दिएको छ।