शिखर इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिद्वारा स्वीकृत

2021-05-23
शिखर इन्स्योरेन्सको सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिद्वारा स्वीकृत

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर स्वामित्व संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिले स्वीकृत गरेको छ। कम्पनीले गत चैत ९ गते सम्पन्न आफ्नो १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव बीमा समितिले स्वीकृत गरेको जनाएको हो। 

यससँगै कम्पनीले सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पूूर्ण संस्थापक सेयरधनीहरुलाई निवेदन ढाँचा समेत संलग्न गरी सकिएको कम्पनीले जानकारी दिएको छ। उक्त पत्र प्राप्त भएको भए सो पत्र साथ संलग्न कुनै एक निवेदन ढाँचामा र सो पत्र तथा सो साथ संलग्न निवेदन ढाँचा प्राप्त नगरेको भए कम्पनीद्वारा जारी सूचनालाई आधार मानि प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली बिज सेन्टर सम्पर्क राखि संस्थापक समूहमा रहेको सेयर आफ्नो हक हिस्सामा पर्ने सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने खुलाई निवेदन पेश गर्न कम्पनीले जनाएको छ।  

कम्पनीको गत चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाले संस्थापक समूह रहेको ६० प्रतिशत सेयर संरचनालाई ५१ प्रतिशत कायम हुनेरी सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको थियो। 

 


Share this with your friends: