शिखर इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

2021-05-30
शिखर इन्स्योरेन्सको बोनस सेयर हितग्राही खातामा जम्मा

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिएको छ। कम्पनीकोे गत चैत ९ गते सम्पन्न १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित २७.७६९ प्रतिशत बोनस सेयर गत फागुन २५ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस सेयर हितग्राही खातामा जम्मा गरिएको हो। 

कम्पनीले उक्त बोनस सेयर नेप्से र सिडिएस एण्ड क्लियरिङमा सूचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। फागुत २५ गते पश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको  हकमा भने उक्त बोनस सेयर क्रमशः हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ। 

 


Share this with your friends: