शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

2021-06-01
शिखर इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।  

हकप्रद सेयर निष्कासनसम्बन्धी सम्झौतामा शिखर इन्स्योरेन्सका तर्फबाट कम्पनी सचिव सुरज राजबाहक तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। 

निर्जीवन बीमा कम्पनीहरुमा शिखर इन्स्योरेन्स एक अग्रणी कम्पनीका रुपमा स्थापित हुन सफल भएको कम्पनी हो। शिखर इन्स्योरेन्सले हाल कायम भएको चुक्ता पुँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुमा जारी गर्दैछ।


Share this with your friends: