काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन् ।
शिखर इन्स्योरेन्सले गत जेठ २५ गते र एक्सेल डेभलपमेन्ट बैंकले गत जेठ २७ गते हकप्रद निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका हन् ।
शिखर इन्स्योरेन्सले ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँबराबरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदका लागि अनुमति मागेको छ।
यसैगरी एक्सेल डेभलपमेन्ट बैंकले २४ करोड ३३ लाख ३६ हजार ३६७.४२ रुपैयाँबराबरको २४ लाख ३३ हजार ३६३.६७ प्रतिशत हकप्रद निष्कासनको अनुमति मागेको छ।
शिखर र एक्सेल दुवैको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।