काठमाण्डौ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा बीमालेख बमोजिम परेका दाबीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । कम्पनीले गत जेठ २४ गते एक सूचना जारी गर्दै विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचना जारी भएको ३५ दिन अर्थात आगामी असार २८ गतेसम्म आवेदन दिने आह्वान गरेको हो ।
कम्पनीले सर्भेयरहरुलाई कम्पनीको केन्द्रिय कार्यालय थापाथली वा कम्पनीको इमेल ठेगाना क्लेम मार्फत दर्ता गराउन भनेको छ । यसरी दर्ता गराउदा बीमा समितिबाट प्राप्त सर्भेयर इजाजतप्राप्तको प्रतिलिपि, फर्म वा कम्पनीमा दर्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नेम्बर, मूल्य अभिवृद्धि करको प्रमाणपत्रको प्रतिलिपि, व्यक्तिगत फर्म वा कम्पनीको अद्यावधिक विवरण, नागरिकताो प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।