काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब २९ करोड ७६ लाख १ हजार ३६८ रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन १ अर्ब १८ करोड ५४ लाख ६८ हजार ५७१ रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १३ करोड १५ लाख १४ हजार ९६७ रुपैयाँ आर्जन गरेको छ। जुन रकम गत वर्षको सोही अवधिको तुलनामा ३.३१ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १२ करोड ७३ लाख १ हजार ०७० रुपैयाँ थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ८५ करोड २५ लाख ७ हजार ९३७ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम ८७ करोड ४७ लाख १५ हजार १०३ रुपैयाँ थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा कम्पनीले २.५३ प्रतिशत कम खुद दाबी भुक्तानी गरेको छ।
यो अवधिमा कम्पनीको खुद मुनाफा बढेको छ। चौथो त्रैमासको अन्त्यसम्म कम्पनी ४७ करोड ५७ लाख ३६ हजार ६५२ रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ। यो रकम अघिल्लो वर्षको सोही अवधिकोभन्दा ५.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले ४५ करोड १ लाख ८४ हजार ६४३ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब २९ करोड ५१ लाख ७८ हजार ९२६ रुपैयाँ भएको छ। यो आकार अघिल्लो वर्ष १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँको थियो । कम्पनीको जगेडा तथा कोषको आकार घटेर ५७ करोड २० लाख ४५ हजार ७४० रुपैयाँ सीमित भएको छ । अघिल्लो वर्ष यो कोषको आकार ७१ करोड ८१ लाखमा ९७ हजार ७१४ रुपैयाँमा सीमित थियो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ लाख ५९ हजार ५७४ बीमालेख जारी गरेको कम्पनीले समीक्षा अवधिको वर्षसम्ममा २ लाख ७१ हजार २१६ बीमालेख जारी गरेको छ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी २७.०५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७२.१५, प्रतिसेयर नेटवर्थ २१९.१५ रुपैयाँ र प्रति सेयर कुल सम्पत्तिको मूल्य ३२१.४९ रुपैयाँ रहेको छ।