शिवम् सिमेन्टद्वारा ५२ स्थानका ३०४५ निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

2022-01-11
शिवम् सिमेन्टद्वारा ५२ स्थानका ३०४५ निर्माणकर्मीको रु. ५ लाखको जोखिम बीमा

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया गर्नुका साथै उनीहरुको ५ लाख रुपैयाँबराबरको जोखिम बीमासमेत गरिदिएको छ।

ती कार्यक्रममा उपस्थित निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। सोही कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीका लागि ५ लाख रुपैयाँबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी पनि हस्तान्तरण गरिएको थियो। यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीलाई दैनिक कार्यमा आवश्यक पर्ने सामान, ब्याग, टिफिन बक्स आदि पनि प्रदान गरिएको थियो। 

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर, भक्तपुरलगायतका जिल्लाका विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरेको थियो। 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो। 

शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्री।नं। १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ।

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ। 


Share this with your friends: