काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी हस्तान्तरण गरेको छ । कम्पनीले देशका विभिन्न स्थानमा दक्ष निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न सम्पन्न गर्दै कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निमांणकर्मीहरुलाई बीमा पोलिसी हस्तान्तरण गरेको हो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्ने हुँदा उक्त जोखिमलाई मध्यनजर राख्दै निर्माणकर्मीहरुका लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको कम्पनीले जनाएको छ। पहिलो चरणअन्तर्गत हालसम्म काठमाण्डौ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनीका प्रतिनिधि बताएका छन्।
अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुका समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायतका उपस्थिति थियो।
आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसंगको समन्वयमा यस्ता अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ।