शिवम् सिमेन्टको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

2021-11-26
शिवम् सिमेन्टको नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । शिवम् सिमेन्टस् लिमिटेडले कात्तिक १६ गते सम्पन्न छैठौँ वार्षिक साधारण सभाबाट पारित नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ।

कम्पनीले वितरण गरेको २९ प्रतिशत नगद लाभांस गत कात्तिक २३ गतेदेखि  हितग्राही खातामा बैंक खाता अद्यावधिक गरेका सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर अभौतिकरण नगरेका सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकरण गराई हितग्राही खातामा बैंक खाता अद्यावधिक गराई नगद लाभांस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ । 


Share this with your friends: