श्रीराम सुगर मिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

2021-08-19
श्रीराम सुगर मिल्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । श्रीराम सुगर मिल्स लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  

बैठकले आगामी भदौ २४ गते काठमाण्डौ नयाँ बानेश्वरमा रहेको अर्वण ब्याङक्वेटमा भर्चुअल माध्यम जुम एपका माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिको तर्फबाट पेश गरिने आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । 
सभामा लेखा परीक्षणको सिफारिसमा आ.व २०७६/७७ र २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यस्तै उद्योगले भुक्तानी गर्न बाँकी रहेका दायित्वहरु पारित गरिनेछ । 


Share this with your friends: