सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

2021-02-15
सिंगटी हाइड्रो इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पतीले गत गत माघ ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि १४ लाख ५० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेको गरेको थियो। कम्पनीले माग अनुसार आवेदन नपरेका कारण आईपीओको निष्कासन तथा बिक्रीको समयावधि थप गरेको थियो। कम्पनीले आजसम्म(फागुन ३ गते)बैंकिङ समयसम्मका लागि आईपीओ निष्कासनको समयावधि थप गरेको थियो। 

आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि कम्पनीले गत माघ ४ गतेदेखि रु १०० अंकित दरका १४ लाख ५० हजार कित्ता साधारण सेयर९आईपीओ० निष्कासन गरेको थियो। यो आईपीओमा लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतममा २ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।  

स्थानिय वासिन्दाका लागि निष्कासन गरिसकेपछि कम्पनीले आम सर्वसाधारणका लागि २७ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । 

यो आईपीओ निष्कासनको बिक्री प्रबन्धक तथा निष्कासनकर्ताको रुपमा मेगा क्यापिटल रहेको छ ।  

 


Share this with your friends: