संसद विघटन भएसंगै सेयर बजारमा पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

2020-12-20
संसद विघटन भएसंगै सेयर बजारमा पहिरो, बीमातर्फ नेपाल पुनर्बीमाको सेयरमूल्यमा सर्वाधिक गिरावट

काठमाण्डौ । प्रधानमन्त्री के.पी शर्मा ओलिले सिफारिस गरेको संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिले अनुमोदन गरेको समाचार प्रकाशित भएसँगै आज सेयर बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। आज नेप्से परिसूचक ९६.८८ अंकले ओरालो लाग्दै १९३५.६३ को बिन्दुमा संकुचित बन्न पुगेको छ। आज बजारमा एकैदिन ४.७७ प्रतिशतको गिरावट आएको छ। यो दिन बजारमा १९८ कम्पनीका १ करोड ४५ लाख ९ हजार ५३३ कित्ता सेयर ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५४७ रुपैयाँमा किनबेच भयो ।

साताको पहिलो कारोबार दिन सबै समूहमा गिरावट आएको आज दुवै बीमा समूहमा समेत भारी गिरावट आयो। आज निर्जीवन बीमा समूह ५२९.९९ अंकले घट्दै ९१३३.४७ को बिन्दुमा सीमित बन्यो। त्यस्तै जीवन बीमा समूह समेत ६६९.६१ अंकले घट्दै १२५८८.४८ को बिन्दुमा झर्यो। 

आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। यसैगरी सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा भने एउटा मात्रै बीमा कम्पनीको रुपमा नेपाल पुनर्बीमा कम्पनी रह्यो। आज पुनर्बीमा कम्पनीको  सेयरमूल्य ९.५२ अंकले ओरालो लाग्दै प्रतिकित्ता १३५० रुपैयाँ कायम भयो। 

आज एशियन लाइफको सेयरमूल्य ८.५२ प्रतिशतले घट्यो भने नेपाल इन्स्योरेन्स कम्पनीको ८.२२, सिद्धार्थ इन्स्योरेन्सको ७.६५ र नेको इन्स्योरेन्सको ६.८० प्रतिशतले घट्यो। 

बैंकिङ समूह ४४.३३ अंकले घटेको आज व्यापार ८६.४२, होटल ५१.९७, विकास बैंक ८०.९२, हाइड्रो ११०.४१, वित्त २०.५३, उत्पादन तथा प्रशोधन १४०.२४, अन्य १३९.५१ र म्युचुअल फन्ड ०.११ अंकले घटे। 

आजबाट कारोबारमा आएको युनाइटेड इदी मर्दीको सेयरमूल्य आज सबैभन्दा धेरै प्रतिशतले बढ्यो। आज यो कम्पनीको सेयरमूल्य ९.८० प्रतिशतले बढ्यो। यस्तै माहुली सामुदायिक लघुवित्तको ५.७०, सनराइज फष्ट म्युचुअल फन्ड ४.९५, वेष्ट फाइनान्स कम्पनी ४.६९ र हिमालयन डिष्टलरीको सेयरमूल्य ३.३४ प्रतिशतले बढ्यो। 

आज सूर्योदय लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्दै प्रतिकित्ता १२८७ रुपैयाँ कायम भयो। यस्तै नेरुडे लघुवित्त विकास बैंको ९.९७ प्रतिशत, स्वाबलम्बन लघुवित्तको ९.९२, छ्याङदी हाइड्रोपावर ९.८४ र माथिल्लो तामाकोशिको सेयरमूल्य ९.७६ प्रतिशतले घटे। 
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भयो। आज यो कम्पनीको १ अर्ब ७ करोड बढीको कारोबार भयो। यस्तै अर्काे बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीको पनि ७९ करोड ३६ लाख बढीको कारोबार भयो। 

 


Share this with your friends: