काठमाण्ठौ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले संस्थापक तथा सर्वसाधारण(स्थानिय) यरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।
सूचिकृत कम्पनीहरुले जारी गर्ने धितोपत्र भौतिक प्रमाणपत्ररहित गरी विद्युतिय रुपमा मात्रै निष्कासन गर्नुपर्ने व्यवस्था रहेकाले सो नियमअनुसार कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुलाई आफ्नो सेयर अभौतिकीकरण गर्न आग्रह गरिएको कम्पनीले जनाएको छ । यसका लागि सेयरधनीहरुले सक्कल प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउनुपर्ने भएकाले कम्पनीले तोकेको ढाचाँ अनरुपको अभौतिकीकरण गरिदिने निवेदनका साथ सक्कल प्रमाणपत्रहरु संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय दरबारमार्गमा वा कम्पनीको सेयर रजिष्ट्रार मेगा क्यापिटलमा बुुझाउन कम्पनीले अनुरोध गरेको छ ।
यसका साथै आफ्नो सेयर प्रमाणपत्र बुुझ्न बाँकी रहेका संस्थापक सेयरधनीहरुलाई कम्पनीको केन्द्रिय कार्यालय वा सेयर रजिष्ट्रारको कार्यालयमा आफ्नो सक्कल परिचयपत्रका साथ उपस्थित भई वा रितपूर्वक मन्जुरीनामाको पत्र पठाई वा अन्य व्यक्तिमार्फत सेयर अभौतिकीकरण गर्न भनिएको छ ।
कम्पनीको सेयर रजिष्ट्रारमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।