सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय

2021-08-24
सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय

काठमाण्डौ  । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि  योजना इकाईधनीहरुका लागि घोषणा गरेको ५० प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

लाभांस वितरण प्रयोजनका लागि आगामी भदौ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । त्यसैले भदौ १५ गतेसम्म कायम इकाइधनीहरु मात्रै फन्डद्वारा घोषणा गरिएको ५० प्रतिशत नगद लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 


Share this with your friends: