काठमाण्डौ । सनराइज बैंक कोष प्रवद्र्धक तथा सनराइन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन भईरहेको सनराइज फर्स्ट म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले आज फन्डद्वारा घोषणा गरिएको ५० प्रतिशत नगद लाभांसका लागि इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १३.१३ रुपैयाँ निर्धारण गरेको छ ।
अघिल्लो कारोबार दिन फन्डको मूल्य प्रति इकाइ १८.१३ रुपैयाँ थियो । फन्डले आर्थिक वर्ष २०७७/७८ का लागि योजना इकाईधनीहरुका लागि ५० प्रतिशत नगद लाभांस घोषणा गरेको छ ।