सनराइज ब्लूचिप फन्डमा आवेदन दिने आज अन्तिम दिन

2021-03-21
सनराइज ब्लूचिप फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको १० करोड इकाइको सनराइज ब्लूचिप फन्डमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 सनराइज म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यो फन्डको सार्वजनिक निष्कासन गत चैत १ गतेदेखि गरिएको थियो । 

कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइ कोष प्रवद्र्धक सनराइज क्यापिटललाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइ सार्वजनिक रुपमा बिक्रीका लागि खुला गरिएको छ। 

प्रति इकाइ मूल्य रु १० रहेको यो बन्दमुखी योजनामा लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा एक करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। यो फन्डको निष्कान तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल रहेको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमित प्राप्त गरी आस्वा तथा सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सक्नेछन्। यो योजना १० वर्षे अवधिको हुनेछ। यो इकाइ नेपाली नागरिक,गैर आवासिय नेपाली, फर्म, संघ संस्था, बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनी, सञ्चयकोष, कल्याणकारी कोष गुठी, अक्षयकोष आदिले खरिद आवेदन दिन सक्नेछन्। 

इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिईसक्नुपर्नेछ ।  

 


Share this with your friends: