काठमाण्डौ । सनराइन बैंक कोष प्रवद्र्धक र सनराइज क्यापिटल योजना व्यवस्थापक रहेको सनराइज ब्लूचिप फन्ड नेप्सेमा सूचीकृत भएको छ । सनराइज ब्लूचिप फन्डको को १२ करोड ५० लाख इकाई बिहीबार नेप्सेमा सूचीकरण भएको हो ।
ब्लूचिप फन्डका इकाईहरुको बिक्री खुला गत चैत १ गतेदेखि चैत ८ गतेसम्म गरिएको थियो । सनराइज ब्लूचिप फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘एसबीसीएफ’ संकेत दिएको छ ।
सनराइज क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो ।