काठमाण्डौ । सनराइज क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाताको नबिकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
क्यापिटलले हितग्राहीहरुलाई आर्थिक वर्ष २०७७÷७८ सम्मको डिम्याट खाता सञ्चालन गरेबापत वार्षिक शुल्क प्रति आ.व रु १०० का दरले क्यापिटल र सनराइज बैंक लिमिटेडका शाखा कार्यलयहरु मार्फत भुक्तानी गर्न आग्रह गरेको छ ।
हितग्राहीहरुले असार मसान्तभित्र ई सेवा, खल्ती, प्रभु( पे र कनेक्ट आईपीएसमार्फत उक्त शुल्क बुझाउन सक्ने र असान्त मसान्तभित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुनेकम्पनीले जनाएको छ ।