सनराइन फस्ट म्युचुुअल फन्डको न्याभ घट्यो, सेयरमा लगानी बढ्यो

2021-05-30
सनराइन फस्ट म्युचुुअल फन्डको न्याभ घट्यो, सेयरमा लगानी बढ्यो

काठमाण्डौ । सनराइन म्युचुुअल फन्ड अन्तर्गत सञ्चालित कुमारी सनराइन फस्ट म्युचुुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सनराइन फस्ट म्युचुुअल फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १८.५७ रुपैयाँ कायम भएको छ । यसको न्याभ गत मासिक मसान्तको भन्दा ०.०३ पैसाले कम हो । गत मासिक मसान्तमा फन्डको न्याभ १८.६० रुपैयाँ कायम थियो । वैशाख मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम घटेको छ । फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी रकमघटेर  ८१ करोड ७ लाख ७८ हजार ६६४ रुर्पैयाँमा सीमित भएको छ । 
 
गत मासिक मसान्तमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी रकम ८२ करोड ९४ लाख ६१ हजार ७३ रुपैयाँ थियो । फन्डको बैंक मौज्दात भने बढेको छ । गत मासिक मसान्तमा ४२ करोड ८८ लाख ६९ हजार ७७८ रुपैयाँ रहेको बैंक मौज्दात बढेर वैशाखमा ५१ करोड करोड १९ लाख ३१ हजार ३११ रुपैयाँ पुुगेको छ । यस अवधिमा फन्डले ४८ वटा सूचीकृत कम्पनीको ३१ लाख ६८ हजार ०७५ कित्ता सेयर होल्ड गरेको छ ।

फन्डले बैंक मुद्दती निक्षेपमा ११ करोड, ऋणपत्र÷बोन्डमा १५ करोड ७ लाख ८९ हजार र सार्वजनिक निष्कासन÷बोनस सेयर तथा हकप्रदमा ६२ लाख २८ हजार ८४७ रुपैयाँ लगानी गरेको छ । 


Share this with your friends: