सन नेपाल लाइफद्वारा रु.२८ लाख मृत्यु दाबी भुक्तानी

2021-07-09
सन नेपाल लाइफद्वारा रु.२८ लाख मृत्यु दाबी भुक्तानी

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको कपिलवस्तु शाखाले २८ लाख २ हजार ५ सय रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । 

कम्पनीको कपिलवस्तु शाखाले एक कार्यक्रमकाबीच मृतक असअद कमालको परिवारलाई असार २५ गते मृत्यु दाबी भुक्तानी बापतको रकम हस्तान्तरण गरेको जनाएको छ । कम्पनीले मृतक कमालकी श्रीमति समिना परविनलाई मृत्यु दाबी बापतको २८ लाख २ हजार ५ सय रुपैयाँ प्रदान गरिएको जानकारी दिएको हो । 


Share this with your friends: