काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ। कम्पनीले आज(मंसिर २६ गते)देखि लागू हुने गरी आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको हो।
सेयर रजिष्ट्रारको रुपमा नियुक्त भएपछि अब आरविवि मर्चेन्टले सपोर्ट लघुवित्तको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, अभौतिकरीकरण गर्ने, दाखिल खारेज नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण काम गर्नेछ।