सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

2021-03-07
सपोर्ट लघुवित्तले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको फागुन २१ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको छैठो वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आउँदो चैत २० गते सुनसरीस्थित होटल इस्टर्न प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाको प्रदेश ३ मा रहेका तीववटा शाखा कार्यालयहरु बिक्री, बन्द, स्थानान्तरण गरी प्रादेशिक रुपमा(१ न. प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला कार्यक्षेत्र) कार्य गर्ने तथा उक्त कार्य सम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। यस्तै अन्य कुनै उपयुक्त लघुवित्त एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने/प्राप्ति भई जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

साधारण सभा प्रयोजनका लागि संस्थाले आउँदो चैत ०६ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ चैत ०५ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाको वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन्।  

 


Share this with your friends: