काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सातौ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी पुस १० गते सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांस गरी कुल ३१.५८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको प्रतिवेदन सहित २०७८असार मसान्तसममको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आ।व २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
लाभांस वितरण तथा साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी पुस १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।